नेकपाको झगडा र काङ्ग्रेसको तयारी

नेकपाको झगडा र काङ्ग्रेसको तयारी

सत्तारुढ दल नेकपाभित्रको भाँडभैलोलाई राजनीतिक रूपमा क्यास गर्न नेपाली काँग्रेसले आन्तरिक तयारी थालेको छ । तिहारलगत्तै संसदको विशेष अधिवेशन आह्वान गर्ने गरी हस्ताक्षर संकलन प्रयोजनार्थ देशभर चाड मनाउन गएका साँसदहरुलाई मङ्ग्सिर ३ गते बुधबार काठमाण्डौ आउन काँग्रेसले भित्रभित्रै गृहकार्य गरेतापनि नेकपाको किचलोका कारण त्यो काम हाललाई “पर्ख र हेर” को नीतिअन्तर्गत रोकिएको छ । हालै यसबारे      पदाधिकारी बैठकमा व्यापक छलफल र निर्णय भएको छ  । बैठकको निर्णयमा ‘विशेष अधिवेशन आह्वानको लागि आवश्यक पर्ने सांसदहरूको हस्ताक्षर संकलन कार्यलाई जनता समाजवादी  पार्टीसँग मिलेर तत्काल अघि बढाउने’ भनिएको थियो ।

देशभर चाड मनाउन गएका साँसदहरुलाई मङ्ग्सिर ३ गते बुधबार काठमाण्डौ आउन काँग्रेसले भित्रभित्रै गृहकार्य गरेतापनि नेकपाको किचलोका कारण त्यो काम हाललाई “पर्ख र हेर” को नीतिअन्तर्गत रोकिएको छ ।

काँग्रेसभित्र महाधिवेशन र विभाग गठनको विषय जति उचालिएपनि नेता रामचन्द्र पौडेलसमेत ओली सरकार ढाल्ने र नेकपा फुटाउने प्रस्तावमा सबैभन्दा अगाडि देखिएका हुन् । पछिल्लो दुई दिनको पदाधिकारी बैठकमा उक्त प्रस्तावको सबैभन्दा धेरै समर्थन पौडेलले गरेका थिए । उनले केही समयअघि पूर्व सभामुखहरूको तर्फबाट वक्तव्य नै जारी गरेका थिए । कथम् सरकार ढल्यो र नेकपा फुट्यो भने त्यसको श्रेय काँग्रेसलाई भन्दा पहिले आफूलाई जाने आशयले नै पौडेलले वक्तव्य निकालेको स्रोतको दाबी छ ।

काँग्रेसको जारी केन्द्रीय समिति बैठकबाट उक्त तयारीबारे निर्णय गराउने भनिएपनि नेकपाभित्रको अन्तरबिरोधलाई दृष्टिगत गर्दै हाललाई स्थगित गरिएको स्रोतले बताएको छ । स्रोतले भनेको छ ‘विशेष महाधिवेशन आह्वान गरेपछि नेकपाभित्रको झगडा टालटुल हुनसक्ने भएकोले उक्त झगडाले अन्तिम रूप नलिएसम्म काँग्रेसले विशेष महाधिवेशन आह्वानको लागि तत्काल केही गर्ने छैन । ढिलोमा छठ पर्वसम्मको लागि पर्ख र हेरको रणनीति बनाउने तय भएको छ ।’

विशेष अधिवेशन माग गर्नको लागि काँग्रेसलाई आठ जना सांसद अपुग हुन्छ ।

छठपछि काँग्रेसले विशेष अधिवेशनको मागसँगै सडक आन्दोलनको घोषणासमेत गर्ने भएको छ । काँग्रेसको महाधिवेशनसम्बन्धमा देखिएको विवाद एक हदसम्म समाधान भएकाले पनि विशेष अधिवेशन र सडक आन्दोलनको घोषणानिम्ति अग्रसर भएको हो । यसअघि काँग्रेसले मंसीर ३ गते काठमाडौंमा सांसदहरूको भेला गर्ने बताएको थियो । विशेष अधिवेशन माग गर्नको लागि काँग्रेसलाई आठ जना सांसद अपुग हुन्छ । त्यसैले पनि उसले राजपाको सहयोग लिन खोजेको हो । काँग्रेसको सबैभन्दा ठूलो चाहनाचाँहि यसबीचमा आफूहरूले केही नगरी नेताहरूको आपसी झगडा र कलहबाटै नेकपा ‘भष्म’ हुने रहेको छ । त्यसो भएमा ‘साँप पनि मर्ने,लठ्ठी पनि नभाँचिने’ उसको निश्कर्ष हो ।

टिप्पणीहरू