सांसद संख्या पुर्याउने सुरसार
राष्ट्रिय राजनीतिमा अर्को आकाशे खेतिको सिजन शुरु भएको छ । प्रधानमन्त्रीको सामुन्ने दुईमध्ये एउटा पद त्याग,संसद बिघटन र अध्यादेश बाहेक अरु विकल्पहरू साँघुरिँदै गएका छन् । यहि बीचमा बालुवाटारले संसदीय दलमा बहुमत सदस्य पुर्याउने गृहकार्य शुरु गरेको बुझिएको छ ।
दाङ्गलगायतका केही जिल्लामा नेकपाका सांसदहरूले पनि मंसीर तीन गते काठमाठौं जानुपर्ने बताएका छन् । तर,औपचारिक रूपमा त्यो दिन नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई भने भेलाको निम्ति काठमाडौंमा बोलाएको अवस्था एकातिर छ । उता,कपिलवस्तुतिर भने बालुवाटारनिकट नेता तथा कार्यकर्ताहरूले नै तल्लो तहमा समेत पार्टी एक भएर अघि बढ्न नसक्ने बताउन थालेका छन् ।
टिप्पणीहरू