काभ्रेमा कित्ताकाट

काभ्रेमा कित्ताकाट

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थक भनेर चिनिएका काभ्रेली प्रदेश सांसद बसुन्धरा हुमागाईंले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाको कार्यक्रममा भाषण नै ठोकेर समर्थन गरेका छन् ।

केही दिनअघि सामाजिक सञ्जालमा ‘नयाँ जनादेशमा जाँदा देशको अर्थतन्त्रमा केही घाटा लाग्छ,सत्य हो । तर समग्रमा देशलाई नाफा हुन्छ । संघीय लोकतान्त्रिक व्यवस्थाको आत्मा जनताको अभिमत हो । केही प्रश्न अनुत्तरित भएपनि जनतामा गएर ताजा जनादेश लिने कदम लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो’ भनेर लेखेका हुमागाईंले हिजो आयोजित एक कार्यक्रममार्फत नेकपा (बहुमत) तर्फ समर्थन गरेपछि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पक्षधरहरूले उनै हुमागाईंको उछित्तो काढ्न थालेका छन् ।

नेकपा काभ्रे जिल्ला कमिटीको सदस्यसमेत रहेका उनलाई बाँस्कोटा निकटहरूले ‘केन्द्रीय सदस्य नपाएको रिस फेरेको भन्न थालेका छन् ।’हुन पनि यसवीच बालुवाटार गएर केन्द्रीय सदस्यको शपथ खानेमा पूर्व माओवादीदेखि लिएर हुमागाईभन्दा जुनियर नै थुप्रै देखिएको पाइन्छ ।

त्यसैगरी भुम्लु गाविसका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य गुमानध्वज कुँवरले पनि ओली समूह छाडेको बताइन्छ ।

टिप्पणीहरू