महाकुम्भ मेलामा डुबेका पूर्व उपमेयर सँधैलाई अस्ताए

महाकुम्भ मेलामा डुबेका पूर्व उपमेयर सँधैलाई अस्ताए

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा स्नान गरेका एक जना भूतपूर्व उपमेयरको देहान्त भएको छ । भारतको महाराष्ट्र राज्यस्थित सोलापुर नगरपालिकाका उपमेयरलाई हिजो बिहान गंगामा डुब्ने बितिक्कै हृदयाघात भएको बताइन्छ । 

साथीहरुसँग महाकुम्भ मेलामा गएका महेश विष्णुपन्त कोथेलाई तत्काल अस्पताल पुर्याए पनि उनलाई मृत घोषणा गरिएको थियो । भारतीय काँग्रेस छाडेर शिव सेनामा लागेका उनले नगरपालिकाका विभिन्न चुनावमा सात पटक विजयी भएका थिए । पछिल्लो पटक उनी स्वतन्त्र रुपमा उठे पनि विजयी हुन सकेनन् ।

टिप्पणीहरू