ओली पक्षको महिला भेला

ओली पक्षको महिला भेला

पार्टी विभाजनपछि संगठन विस्तारमा जुटेको नेकपा ओली समूहले महिला संगठनको बैठक बोलाएको छ । सो समूहले आज राजधानीमा अखिल नेपाल महिला संघको बैठक बोलाएको हो । बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत पुग्नुभएको छ ।

त्यस्तै,पूर्वमन्त्री राधा ज्ञवाली र थममाया थापाले समेत सम्बोधन गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले विभाजित भएको नेकपामा ओली पक्ष कमजोर देखिएको छ । विभाजनपछि रक्षात्मक बनेको ओलीपक्ष अहिले देशव्यापी संगठन विस्तारको अभियानमा लागेको हो ।

टिप्पणीहरू