प्रेस चौतारी ब्युँताउने अभ्यास

प्रेस चौतारी ब्युँताउने अभ्यास

तत्कालीन एमाले निकट प्रेस चौतारी ब्युँताउन अनेक प्रयास भइरहेको बताइन्छ । यसबीच भएका विभिन्न समूह निर्माण र देशव्यापी माहोल ल्याउन गरिएका कार्यले पनि उक्त प्रयासलाई पुष्टि गरेको हो । स्रोत भन्छ, ‘प्रेस चौतारीको क्याम्पेनिङ भइरहेको छ’ । पहिलेझैं प्रेस चौतारी ब्युँताउने हो भने एमालेको र उता प्रेस सेन्टरचाँहि माओवादीको हुने पक्का छ ।

चौतारी र सेन्टर एक भएको तीन वर्ष बितिसक्दा समेत पटकपटक २०/२० लाखको दरले सञ्चार र अर्थ मन्त्रालयबाट लगिएको रकम छुट्टाछुट्टै खातामा छ । अघिल्लो चोटि बिष्णु पौडेलले दिएर गोकुलको पालासम्म वार्षिक बीस लाखको दरले चौतारी र सेन्टरको अलग अलग खातामा जम्मा हुँदै आएको थियो । अहिले त्यहि रकमलाई उपयोग गर्न खोजिएको दाबी गर्दै स्रोत भन्छ ‘चौतारी ब्युँताउने अभियान त्यसैका लागि हो ।’

हामी प्रेस संगठन किन बन्ने ? भन्ने पुरानो चौतारीमा रहेका हर्ताकर्तामध्ये केहीलाई अहिले रामबहादुर थापा ‘बादल’ र प्रभु साहका मान्छेहरू समेत रहेकाले चौतारी बनाउँदा ती भड्किन्छन् कि भन्ने लागेको थियो । तर, चौतारी नबनाइ नछाड्नेहरूले भने ‘चौतारी भनेर अघि बढ्दा सेन्टिमेण्ट पनि चौतारीकै आउने भएकाले ब्युँताउने क्याम्पेन चालिएको हो । जसरी एमाले ब्युँताउन खोजिएको छ, हामीले पनि त्यहि गरेका हौं ।’

यसवीच नेकपा दाहाल-नेपाल खेमाले भोलि आफूनिकट पत्रकारहरुको रास्ट्रिय भेला राजधानीमा डाकेको छ । ओली पक्षका पत्रकारहरुको भेला ८ गतेका लागि बोलाईएको छ ।

टिप्पणीहरू