ओलीको भेलामा ताली अचम्म
अहिले देश र राजनीतिक दलहरु आन्दोलित त छन् तर आन्दोलनप्रति जनता जुरुक्कै जागिसकेको स्थिति भने छैन । यस्ताखाले अलोकप्रिय राजनीतिक कदम चालिँदा जुन तहको विरोध वा आक्रोश पैदा हुने गरेको थियो, त्यस्तो भइरहेको छैन ।
मान्छेहरु केपी ओली रोचक वक्ता भएका कारण उहाँको कुरा सुन्न पनि उत्तिकै ताँती लागेका छन् । त्यसो त आफ्नो शासनकालमा राजा ज्ञानेन्द्र जिल्लातिर जाँदा हेर्नकै लागि भए पनि मानिसको घुइँचो लाग्थ्यो । अहिले दलहरुको कमजोरी छ– लोकप्रियताका आधारमा जनता आकर्षित गर्ने व्यक्तित्वको अभाव ।
कुनै बेला मदन भण्डारीले भाषण गर्ने भनेपछि मान्छेहरुको ताँती लाग्थ्यो । त्यसअघि पञ्चायतकालमा पद्मरत्न तुलाधर र विद्यार्थी नेता बलराम समालले त्यस्तै ख्याति कमाए । ०४६ पछि लीलामणि पोखरेल, पम्फा भुषालका भाषण पनि कडा मानिन्थे । अहिले गगन थापा र विश्वप्रकाश शर्माहरुले बजार तानिरहेका छन् । केपी ओलीसँग रहेका मान्छेहरु कमिटेड छन्, धेरै वर्षदेखि साथमा रहेका मान्छे अहिले पनि छन् । तर, अहिलेका सभा, भेलाहरुमा उहाँ आफ्ना ती पुराना मान्छेभन्दा पूर्वमाओवादीहरुलाई अगाडि सारिरहनुभएको छ । विशेषतः बादल र टोपबहादुर रायमाझी सक्रिय देखिएका छन् । पूर्वएमालेमध्ये ईश्वरमात्र हुन्, सक्रिय । लामो समयदेखि सञ्चालनमा रहेको मदन भण्डारी फाउण्डेशनको समानान्तर गतिविधिले पनि केपी पक्षलाई देशभर नेटवर्क विस्तार गर्न सघाएको भन्ने गरिन्छ ।
टिप्पणीहरू