आज सर्वोच्चमा दश जना

आज सर्वोच्चमा दश जना

प्रतिनिधिसभा बिघटनविरुद्ध परेका एक दर्जनभन्दा बढी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसमा आज १० जना कानुन व्यवसायीले भाग लिएका छन् ।

अधिवक्ताहरु नरहरि आचार्य, कोपिलप्रसाद अधिकारी, जनक सिंह साउद, सुलोचना धिताल, सालिकराम सापकोटा, शैलेन्द्र दाहाल, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, गुणराज घिमिरे र ताराप्रसाद तिमिल्सिनाले आज विघटनविरुद्ध बहस गरेका हुन् । समय निर्धारण गरिएपछि यो संख्या अहिलेसम्मकै ठूलो हो ।

अब अर्को बहस हेर्दाहेर्दैमा पर्सि आइतबार हुनेछ ।

टिप्पणीहरू