चिनिमिल चल्ने भएपछि सुनवलबासी आन्दोलित
पश्चिम नवलपरासीमा रहेको लुम्बिनि चिनिमिल सञ्चालनमा आउने भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । चिनिमिल सञ्चालन हुँदा वातावरणीय प्रदुषण बढेर सुनवल क्षेत्रका बासिन्दालाई स्वास्थ्य समस्या हुने भएको भन्दै सुनवलबासी आन्दोलित भएका हुन् ।
उनीहरुले चिनिमिल सञ्चालन गर्ने भए वातावरणीय प्रदुषण न्युन हुने गरी ग्यारेन्टी गरेर मात्र सञ्चालन गर्नुपर्ने बताएका छन् । चिनिमिल सञ्चालनमा आउने भएपछि वातावरण प्रदुषण नियन्त्रणको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय परासीमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
चिनिमिल सञ्चालन हुँदा बस्ती अत्यन्त दुर्गन्धित हुने, गरेको वायु प्रदुषण र ध्वनी प्रदुषण हुने गरेको भन्दै उनीहरुले प्रदुषण नियन्त्रण हुने ग्यारेन्टी नभएसम्म चिनिमिल सञ्चालन हुन नदिने चेतावनी दिएका छन् । प्रशासनले आफुहरुका मागबारे वेवास्ता गरे आफुहरु जस्तोसुकै आन्दोलनमा जानसक्ने उनीहरुको चेतावनी छ । लुम्बिनी चिनी मिल पुन संचालनमा आउने भएपछि पश्चिम नवलरासी सुनवलका स्थानियहरुले प्रदुषण नियन्त्रण गर्नुपर्ने लागाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापन पत्र वुझाएका छन्। स्थानीयले चिनिमिलको प्रदुषणले सास्ती खेप्नुपरेको भन्दै अहिलेकै अवस्थामा मिल सञ्चालन हुन नदिने भन्दै बातावरण प्रदुषण नियन्त्रण संघर्ष समिति नै बनाएका छन् ।
चिनी मिलले वातावरणीय र सामाजिक दायित्वनै पुरा नगरी पुन संचालनको तयारी गरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई ज्ञापन पत्र बुझाएका हुन् । यसअघि २०६३ सालमा पनि चिनिमिल, विभिन्न दल र स्थानीय बिच प्रदुषण नियन्त्रणका लागि भएको समझदारी मिल सञ्चालकले पालना नगरेको उनीहरुको आरोप छ ।
लुम्बिनी चिनिमिलले उखु किसानको भुक्तानी समेत नदिएकोमा स्थानीय आक्रोशित बनेका छन् । दुई वर्षदेखी बन्द चिनिमिल मर्मत सम्भार र प्रदुषण नियन्त्रणका कुनै मापदण्ड पुरा नै नगरी सञ्चालन गर्न लागिएकाले आफूहरु विरोधमा उत्रिनुपरेको संघर्षसमितिका सचिव जिवन पौडेलले बताउनुभयो ।
टिप्पणीहरू