माइतीघरमा कुकुरको श्रद्धाञ्जली
मानिसको मृत्युपछि श्रद्धाञ्जली दिने र शोकसभा गर्ने कुरा त स्वभाविक हो । तर गाई र कुकुरको मृत्युमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जली कार्यक्रम नै गर्ने कुरा चाहि अनौठो र अपत्यारिलो लाग्न सक्छ । अझ नेपालमै त्यस्तो कार्यक्रम भएको सुन्दा त झन् अचम्म लाग्छ । तर स्नेहाज केयर नामक एक संस्थाले गाई र कुकुरको मृत्युमा शोक व्यक्त गर्दै माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
सुर्खेत र कैलालीमा मारिएका गाई र खोटाङ्गमा मारिएका कुकुरको आत्माको चीर शान्तिको कामना गर्दै शनिबार साँझ मण्डलामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा संस्थाका फाउण्डर स्नेहाज श्रेष्ठलगायत २५/३० जनाको उपस्थिति थियो ।
‘सुर्खेत र कैलालीमा अमानवीय ढंगले मारिएका गाईहरु तथा खोटाङको दिक्तेलमा बर्बरतापूर्वक मृत्युवरण गर्नुपरेका अवोध कुकुरहरुको आत्माको चीर शान्तिको कामना गर्दै अहिले साँझ ६ बजेदेखि माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम शुरु भएको छ’, संस्थाले जनाएको छ ।
साथै सुर्खेत जिल्लामा भएको गौहत्याका दोषीलाई कैद सजाय गर्ने अदालतको फैसलाको स्वागतका लागिसमेत दीप प्रज्वलन गरिएको संस्थाले बताएको छ ।
टिप्पणीहरू