भागरथीलाई न्याय माग्दै नेविसंघ
बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथीको न्यायको माग गर्दै आज काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ ।
रास्ट्रपति छन्, प्रधानमन्त्री छन्,न्यायालय छ, न्यायाधीश छन् तर न्याय छैन,
संघको केन्द्रीय समितिको आयोजना र पद्मकन्या क्याम्पस, बागबजार, इकाइको सहजिकरणमा भएको कार्यक्रममा अध्यक्ष राजीव ढुङ्गाना,संयोजक तुलसा पन्त, पद्मकन्या इकाई कमिटीकी अध्यक्ष खिलाकुमारी दाहाल (लक्ष्मी) लगायतको उपस्थिति थियो ।
राम मन्दिर होइन सरकार आँगनमा खेल्ने सीताहरूको सुरक्षा चाहिएको छ,
प्रदर्शनकारीले पुतलीसडक चोकदेखि रणेद्विप पुलसम्मको बाटो पूर्णरूपमा अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।
सहभागीहरुले रास्ट्रपति छन्, प्रधानमन्त्री छन्,न्यायालय छ, न्यायाधीश छन् तर न्याय छैन, ने.क.पा.को सत्ता बलात्कारपछि हत्या, हामीलाई राम मन्दिर होइन सरकार आँगनमा खेल्ने सीताहरूको सुरक्षा चाहिएको छ, बलात्कारसम्बन्धी छुट्टै कानुनी प्रावधान लागू गर जस्ता नारा लगाएका थिए ।
टिप्पणीहरू