प्रतिगमनविरुद्ध प्रशिक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमबिरुद्ध आन्दोलित नेकपा (बहुमत) सुनसरीले आफना जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण गराउने भएको छ । प्रतिगमन विरुद्धको आन्दोलन परिचालन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सोमबार इटहरीको लायन्स क्लब हलमा पूर्वप्रधानमन्त्री तथा नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा पूर्व उर्जामन्त्री वर्षमान पुन,स्थायी समिति सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज भीम आचार्य,युवा नेतृ रामकुमारी झाँक्रीलगायतको विशेष आतिथ्य रहने बताइएको छ ।
आज बिहान ११ बजेबाट शुरु हुने कार्यक्रममा आयोजकले पार्टीका सबै जनवर्गीय संगठनलाई अनिवार्य उपस्थितिको लागि आव्हान गरेको छ ।
टिप्पणीहरू