बल्ल समातियो भागरथीको हत्यारा
भागरथी बलात्कार तथा हत्याकाण्डको पटाक्षेप भएको छ । प्रहरीले हत्यामा संलग्न एउटै स्कूलमा पढ्ने र छिमेकी पनि १७ वर्षीय किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।
सुदूर पश्चिमका डिआइजी उत्तम सुवेदीका अनुसार प्रत्यक्षदर्शीले दिएको जानकारी,प्रविधिले देखाएको प्रमाण र आरोपीले दिएको बयानका आधारमा दिनेशले नै भागरथीको हत्या गरेको जिकिर गरे ।
सुवेदीले भने, “आइवीटनेसले दोषी त्यो एरियामा देख्नु, टेक्निकल्ली लोकेशनले त्यहीँ देखाउनु र बयानमा हत्या गरेको स्वीकार गर्नुले नै हत्या निजले गरेको निष्कर्षमा हामी पुगेका हौं ।”
उनले भने, “प्रहरीको अनुसन्धानमा शंका नगरिदिन विनम्र अनुरोध गर्छु । त्रुटिरहित ढंगले सबुत संकलन गरेका छौं ।”
उनले भागरथी हत्या प्रकरण कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरण जस्तो नहोस् भन्नेमा प्रहरी सतर्क रहेको पनि जिकिर गरे ।
टिप्पणीहरू