वैदेशिक हस्तक्षेप बढ्यो : प्रवक्ता श्रेष्ठ

वैदेशिक हस्तक्षेप बढ्यो : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रवक्ता श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रँदै गएको उल्लेख गर्दै नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको हो । ‘सत्तास्वार्थबाट अन्धो भएका निरङ्कुश तत्वहरूले विदेशी शक्तिलाई आमन्त्रण गर्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको’ उहाँको आरोप छ ।

देश गम्भिर संकटबाट गुज्रेको, संविधान र लोकतन्त्रमाथि मात्र प्रहार नभई पुनः वैदेशिक हस्तक्षेप समेत बढ्दै गइरहेको छ,’ भन्दै उहाँले, ‘विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ’ भन्नुभयो ।

टिप्पणीहरू