भारतीय गृहमन्त्रीसङ्ग नेकपाबाट जवाफ माग

भारतीय गृहमन्त्रीसङ्ग नेकपाबाट जवाफ माग

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको हालैको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै नेकपा (बहुमत) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ‘सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्यसरकारका मुख्यमन्त्री रहेका विप्लव देवको अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र गृहमन्त्री अमित शाहबाट स्थिति स्पष्ट पार्ने अपेक्षा गरिएको’ उल्लेख छ ।

भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष एवम् केन्द्रीय गृहमन्त्री अमित शाह लगायतसँगको छलफलमा देवले नेपाललगायतका छिमेकी देशमा भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेका थिए । नेकपा (बहुमत) ले उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गरेको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी यस प्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरू बीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक पुर्याउने भएकोले भारत सरकार एवम् श्री अमित शाहबाट समेत स्थिति स्पस्ट पारिने अपेक्षा गर्दछ ’ विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू