विघटनविरुद्ध शंख फुकेको फुक्यै

विघटनविरुद्ध शंख फुकेको फुक्यै

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनविरुद्ध विवेकशील साझा पार्टीले बुधबार रत्नपार्कमा एकोहोरो शँख फुकेको छ । पार्टीको सशक्त अभियानअन्तर्गत बुधबार दिउँसो सहभागीहरूले हातमा तराजु झुण्ड्याउँदै,निधारमा “कू” लेखिएको कालो पट्टी बाँधेर एकोहोरो शंख बजाएका हुन् ।

कार्यक्रममा श्री ३ र श्री ५ बन्न नखोज,सँविधानको रक्षा गर, सँविधानको सर्वोच्चता कायम गर, ओली सरकार मूर्दावाद र विधिको शासन लागू गर भन्ने नारासमेत लगाइएको थियो ।

हिन्दू धर्ममा उल्टो कर्ममा मात्र एकोहोरो शंख फुकिन्छ । विशेषगरी मृत्यु संस्कारमा त्यसरी शंख फुक्ने गरिन्छ ।

टिप्पणीहरू