काँग्रेसमा रातारात किन हस्याङफस्याङ चल्दैछ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटनको काँग्रेस सभापति शेरबहादुर देउवाले मुश्किलले एक दिन बिरोध गरेको देखियो । भोलिपल्टदेखि प्रधानमन्त्रीभन्दा पनि एक कदम अगाडि बढेर चुनावको वकालत गर्दै आउनुभएको छ । आफूलाई प्रजातान्त्रिक दलको दाबी गर्दै आएपनि त्यहि दलका सभापतिले सत्ताको बोलीमा लोली मिलाएपछि काँग्रेसका अरु नेताहरू सशंकित भएका छन् ।
यता,अदालतको फैसला आउने दिन नजिकिँदै जाँदा देउवा इतर काँग्रेसी नेताहरू हस्याङफस्याङ गरेर रातारात भेटघाटमा जुटेका छन् । प्रकाशमान सिंहको निवास चाक्सिबारी क्षेत्रपाटीमा माघको तेस्रो सातादेखि कृष्णप्रसाद सिटौला,सशांक कोइराला,शेखर कोइराला,रामशरण महत,अर्जुन नरसिंह केसीहरूको बैठक हुन थालेको हो ।
सबैभन्दा पहिले माघ २२ गतेको नेपाल बन्दको दिन सिंह निवासमा झण्डै आधा दर्जन नेताहरूबीच भेटघाट र छलफल भएको थियो । त्यसपछि प्रधानमन्त्रीको आमसभाको भोलिपल्ट २४ गते पनि त्यसैगरी साँझ सबैजना जुटेका थिए । माघ २७ गते त्यहिँ भएको भेटघाटमा रामचन्द्र पौडेलको समेत उपस्थिति रहेको थियो ।
माघको अन्तिम साता पटक पटक गरिएको भेटघाट झण्डै चार चोटी बसेको थियो भने अधिकांश भेट साँझ ४ बजेदेखि ७ बजेसम्म भएको हो । देउवा विरोधी नेताहरू सँधै हस्याङफस्याङ गरेर हुरदुराउँदै ठमेलमा ओहोरदोहोर गरेको खबर बूढानीलकण्ठसम्म पुगेको बताइन्छ । ’
तर, पौडेल पक्षका एकजना नेताले भने प्रतिनिधिसभा पुनर्स्थापना हुँदा वा नहुँदा दुवै अवस्थामा कथमकदाचित देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएमा कुन रणनीति अवलम्बन गर्ने भन्दै तयारीको लागि भेटघाट गरिएको बताएका छन् ।
टिप्पणीहरू