परीक्षा दिने कि टिकटक बनाउने ?

परीक्षा दिने कि टिकटक बनाउने ?

गत मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी एक विद्यार्थीलाई परीक्षाहलभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा सेयर गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कारबाही गरेको छ ।

बोर्डले दैलेखस्थित कालिका माध्यमिक विद्यालय,सिंहासैनका विद्यार्थी रोशनकुमार शाहीले परीक्षाको मर्यादा विपरित कार्य गरेकोमा निजको चालु खण्डको सम्पूर्ण परीक्षा रद्ध गरेको हो ।

त्यसैगरी विद्यार्थी शाहीलाई परीक्षा हलभित्रै टिकटक बनाउन सहयोग गरेको आरोप लागेका परीक्षा निरीक्षक कमलबहादुर शाही र प्रधानअध्यापक एवम् केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई बोर्डको कुनैपनि परीक्षामा आगामी तीन वर्षसम्म सहभागी हुनबाट रोक लगाइएको छ ।

त्यसैगरी तीनैजनालाई थप विभागीय कारबाहीको लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिशसमेत गरिएको छ ।

टिप्पणीहरू