प्रधानमन्त्रीसँगै चिनियाँ राजदूत पनि लामाबगरमा

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन लामाबगर–तिब्बत सिमाना सडकको बुधबार स्थलगत अवलोकन गर्नुभएको छ । तीन वर्षदेखि निर्माणाधीन उक्त सिमानाको अवलोकन गर्न प्रधानमन्त्री ओलीसँगै चिनियाँ राजदूत हौ यान्छी पनि जानुभएको हो ।

उहाँहरुले हेलिकोप्टरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधमै पुगेर उक्त सडकको स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनपछि पातलिएको सरकार र चिनियाँ कूटनीतिज्ञसँगको भेटको सन्दर्भमा हिजोको यात्रालाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू