अदालतमा प्रधानमन्त्री

अदालतमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना सम्बन्धमा परेको उजुरीको लिखित जवाफ बोकेर केही छिनअघि सर्वोच्च अदालत पुग्नुभएको छ ।

माघ ९ गते कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा उहाँले सर्वोच्च अदालतमा बहस गर्नुभएका वरिष्ठ तथा बृद्ध कानुन व्यवसायीलाई बाजे र बहसलाई तमाशा शव्द प्रयोग गर्नुभएको थियो ।

तीलगायतका भनाईले अदालत र इजलास, पक्ष, न्यायाधीश, कानुन व्यवसायी र इजलासमा कार्यरत कानुनकर्मीको अपमान भएको भन्दै प्रधानमन्त्री विरुद्ध अधिवक्ता डा.कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलनाअन्तर्गत छुट्टाछुट्टै मुद्दा दायर गर्नुभएको थियो ।

 

टिप्पणीहरू