स्थायी समितिको बैठकपछि निर्वाचन आयोग जाने तयारी
नेकपा (बहुमत) को स्थायी समिति बैठक कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ । बिहान साढे नौ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षद्वय पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित झण्डै २५ जनाको उपस्थिति रहेको बताइएको छ ।
यसैबीच नेकपा (बहुमत) ले सबै केन्द्रीय समिति सदस्यलाई सक्कल नागरिकतासहित आज मध्यान्ह १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थितिको लागि आकस्मिक रुपमा बोलाईएको छ ।
स्रोतका अनुसार नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका झण्डै दुई तिहाई सदस्य एकातर्फ बहुमत हुँदाहुँदै पनि निर्वाचन आयोगले आधिकारिकता पुष्टिको लागि आलटाल गरेपछि नेकपा (बहुमत) ले सक्कल नागरिकतासहित आफ्ना केन्द्रीय सदस्यलाई आयोग पुर्याएर सनाखतको लागि दबाव दिन उक्त आह्वान गरिएको हो ।
पेरिसडाँडा स्रोतका अनुसार दिउँसो २ बजेपछि सबै केन्द्रीय सदस्यहरु पेरिसडाँडाबाट एकैसाथ कान्तिपथस्थित आयोग पुग्नेछन् ।
टिप्पणीहरू