सिन्धुपाल्चोकमा आमसभा, काठमाडौंमा नाराबाजी
नेकपा ओली समूहले आज सिन्धुपाल्चोकको मेलम्ची बसपार्कमा आयोजना गरेको आमसभामा सहभागिता जनाउन काठमाडौंबाट एउटा टोली नाराबाजी गर्दै त्यसतर्फ लागेको छ । पूर्व उद्योगमन्त्री तथा नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतको नेतृत्वमा गएको झण्डै तीन सय जनाको टोलीले काठमाडौंको गोकर्णदेखि नै नारा लगाएको हो ।
युवा संघ नेपालका केन्द्रीय सदस्य नानिराम तिवारीसहितको समूह गोकर्ण नजिकैको दक्षिणढोकामा भेला भएको थियो । धेरैजना मोटरसाइकलमा र थोरै गाडीमा पार्टी,युवा संघको झन्डासहित प्रधानमन्त्रीको पोस्टर झुण्डाउँदै मेलम्चीतर्फ लागेका हुन् ।
सहभागीहरुले आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई, राष्ट्रिय युवा संघ जिन्दावाद, केपी ओली जिन्दावाद, केपी ओली रेलमा,भ्रष्टाचारी जेलमालगायतका नारा लगाएका थिए ।
टिप्पणीहरू