प्रदेश २ का गभर्नर बर्खास्त
प्रजातन्त्र दिवसको दिन सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गर्नुभएको छ ।
प्रदेश नं.१ र बाग्मती प्रदेश सभामा नेकपाका माननीयहरुले मुख्यमन्त्रीहरु क्रमशः शेरधन राई र डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको अवस्थालाई लक्षित गर्दै प्रदेश २ का प्रमुख परियारलाई बर्खास्त गरिएको आँकलन गरिएको छ ।
नेकपाभित्रको आन्तरिक विवाद र राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको योजना कमजोर बन्दै गएको सन्दर्भमा भएको प्रदेश प्रमुखको बर्खास्तीलाई अर्थपूर्ण मानिएको छ ।
आज बिहान प्रमुखको कार्यालय,जनकपुरको प्राङ्गणमा प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्रीसँगै सलामी ग्रहण गरेका परियारलाई लगत्तै शीतल निवासबाट प्रजातन्त्र दिवसको उपहारस्वरुप बर्खास्तीको पत्र पठाइएको स्रोतको दाबी छ ।
यसैबीच राष्ट्रपति कार्यालय शीतल निवासले रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको सूचना जारी गरेको छ ।
टिप्पणीहरू