राजनीतिमा नाटकीय ध्रुवीकरण, प्रतिबन्ध हटाइँदै,विप्लव वार्तामा बस्दै

राजनीतिमा नाटकीय ध्रुवीकरण, प्रतिबन्ध हटाइँदै,विप्लव वार्तामा बस्दै

नेकपाभित्रको विवादले उग्ररुप लिँदै गर्दा भएको प्रतिनिधिसभा विघटनविरुद्धको टुंगो सम्भवतः आगामी साताभित्र लाग्नेछ । प्रतिनिधिसभा विघटनको निर्णयबाट सर्वत्र आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीसँगै प्रतिबन्धित विप्लव समूहसँग निकटताको सम्बन्ध कायम राख्नुभएको आशंका गरिएको थियो ।

आज उक्त आशंकालाई पुष्टि गर्दै सरकारले उक्त समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न लागेको छ भने विप्लव नेकपाले पनि आफू सरकारसँग सम्वाद र वार्ताको लागि तयार रहेको बताएको छ ।

यी सबै काम आज अपरान्ह प्रधानमन्त्री ओलीले बिराटनगरबाट बोल्ने र यता मोफसलबाट नेकपा विप्लव समूहका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर एउटै समयमा गर्ने सहमति भएको देखिन्छ । संघीय लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका ओलीका गतिविधि र निर्णय भने गैरलोकतान्त्रिक समूहसँग बढि नजिक रहेको पाइन्छ ।

प्रतिनिधिसभा विघटनपछि २ नम्बर प्रदेश प्रमुखको बर्खास्ती र अन्य प्रदेशसभा विघटनको चुनौतीसँगै देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको राजनीतिमा तीव्ररुपमा नयाँ ध्रुवीकरण शुरु भएको देखाउँछ ।

टिप्पणीहरू