डा.भट्टराई ‘न्युरो इण्डोक्राइन’ उपचारार्थ नयाँ दिल्ली प्रस्थान

डा.भट्टराई ‘न्युरो इण्डोक्राइन’ उपचारार्थ नयाँ दिल्ली प्रस्थान

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारको निम्ति भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहबमोजिम आफू स्वास्थ्य उपचारको लागि त्यसतर्फ जान लागेको भट्टराईले ट्वीटमार्फत् जानकारी गराउनुभएको छ । उहाँका अनुसार नयाँ दिल्लीस्थित इन्ष्टिच्युट अफ लिभर एण्ड बाइएरी साइन्सेजमा उपचार हुनेछ ।

भट्टराईले पछिल्लो केही समयदेखि राजधानीको निदान हस्पिटलमा पेटको उपचार गराउँदै आउनुभएको थियो । चिकित्सकहरुले ‘न्युरो इण्डोक्राइन’ अर्थात् एक प्रकारको ट्युमरको आशंका गरेपछि थप उपचारको लागि आज त्यसतर्फ जानुभएको हो ।

भट्टराईकासाथ उहाँकी धर्मपत्नी तथा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्विप पाण्डे पनि जानुभएको बताइन्छ ।

टिप्पणीहरू