कालो पोशाक लाउनेहरु समातिए

काठमाडौं कलंकीस्थित एलआरआई स्कूल नजिकै प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नेगरी कालो पोशाकमा उभिएका नेकपा (बहुमत) का आधा दर्जन कार्यकर्तालाई कालिमाटी बृत्तअन्तर्गतका प्रहरीले नियन्त्रणमा लिएर हिरासततिर लगेका छन् ।
प्रहरीको नियन्त्रणअन्तर्गत टेकुमा राखिएकाहरुमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ का विमल लम्साल, दावाराम पनेरू, सन्ध्या भट्ट,प्रितम भट्ट,विनोद भट्ट र केशव भट्ट रहेको बुझिएको छ ।

टिप्पणीहरू