झलनाथ आउने, बाबुराम जाने

झलनाथ आउने, बाबुराम जाने

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारको निम्ति भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहबमोजिम आफू स्वास्थ्य उपचारको लागि त्यसतर्फ जान लागेको भट्टराईले ट्वीटमार्फत् जानकारी गराउनुभएको छ । उहाँका अनुसार नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बाइएरी साइन्सेजमा उपचार हुनेछ ।

भट्टराईले पछिल्लो केही समयदेखि राजधानीको निदान हस्पिटलमा पेटको उपचार गराउँदै आउनुभएको थियो । चिकित्सकहरुले ‘न्युरो इण्डोक्राइन’ अर्थात् एक प्रकारको ट्युमरको आशंका गरेपछि थप उपचारको लागि आज त्यसतर्फ जानुभएको हो ।

भट्टराईकासाथ धर्मपत्नी तथा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि जानुभएको बताइन्छ ।

टिप्पणीहरू