नगरप्रमुखको धम्की
पत्रकार दिलमाया शाहीद्वारा लिखित समाचारको विषयलाई लिएर चन्दननाथ नगरपालिका, जुम्लाका नगरप्रमुख कान्तिका सेंजुवालले टेलिफोनबाट दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
थाहा खबर जुम्लाकी सम्वाददाता शाहीलाई समाचार लेखेकै कारण टेलिफोनमा असभ्य भाषामा गरिएको गालिगलौजप्रति महासंघले ध्यानाकर्षणसहित विज्ञप्तिमार्फत् विरोध गरेको हो ।
‘प्रकाशित समचारप्रति चित्त नबुझेमा खण्डन गर्ने तथा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्तिबाट प्रेस स्वतन्त्रतामथि नै धावा बोलेको हाम्रो ठहर,’ रहेको उल्लेख गर्दै अगाडि भनिएको छ
‘पत्रकारमाथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिँदै स्वतन्त्र,निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग माग गर्दछौं ।’
टिप्पणीहरू