विघटनबिरुद्ध राजधानीका नेवार
सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगनकारी कदमविरूद्व जनता समाजवादी पार्टीको केन्द्रीय निर्देशनअनुसार नेवाः राष्ट्रिय समितिले आज दिउँसो जनप्रदर्शन एवम् विरोध र्याली निकालेको छ ।
र्यालीमा पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ,नेवाः राष्ट्रिय समिति उपत्यकास्तरीय कमिटीका अध्यक्ष मनोरत्न शाक्यलगायतको उपस्थिति थियो ।
शान्तिवाटिका,रत्नपार्कबाट भोटाहिटी,असन हुँदै बाङ्गेमुढामा पुगेर सभामा परिणत भएको जुलुसका सहभागीहरूले निरकुंश प्रधानमन्त्री मूर्दावाद, असंवैधानिक,अलोकतान्त्रिक प्रतिगमन कदम खारेज गर, मूल्यबृद्धि खारेज गर लगायतका नारा लगाएका थिए ।
टिप्पणीहरू