भारतले त्यसपछि दिन छाड्यो भाउ
पत्नी सीताको उपचार क्रममा अघिल्लो महिना भारत जानुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग कुनै पनि राजनीतिक तहको भेटघाट भएन । त्यसो हुनुमा उहाँले नचाहेको वा भारतीय पक्षले समय नदिएकोमध्ये के होला भनेर नेपालभित्र चर्चा छ । यसको वास्तविकता हो, भारत उहाँसँग त्यति सन्तुष्ट नहुनु ।
नेकपाभित्र एक वर्षअघि जब विवाद शुरु भयो, त्यसबेला प्रचण्डले ओलीलाई हटाउँछु भन्नुभएको रहेछ । तर, त्यस्तो छाँटकाँट नदेखिएपछि उताका नेताहरु रिसाए । यो थाहा पाएर भारतसँग केपीले संवाद बढाउनुभयो । अनि, नयाँ दिल्लीले गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई रेस्पोन्स गर भन्यो । उहाँले चाहिनेभन्दा बढी समय दिएर मानमनितो गर्नुभयो । अनि स्थलसेनापति आए । त्यसपछि विदेश सचिवलाई पठाएर भारतले सम्बन्ध थप मजबुत बनायो । अन्तिममा विजय चौथाइवालालाई पठायो र केही दिनपछि प्रधानमन्त्री संसद विघटन गर्ने निर्णयमै पुग्नुभयो ।
अर्थात्, स्थिर सरकार हुँदा आफूलाई नोक्सान हुँदोरहेछ भन्ने उनीहरुले बुझे । हिन्दूत्वलगायतको चाहना केपी संकटमा परेको मौका छोपेर पूरा गराउन सकिन्छ भन्ने लाग्यो । त्यसकारण केपीविरोधी भनेर देखिनेसँग नेपाल आउँदा वा उनीहरु भारत जाँदा भेट्न चाहेनन् । तर, आन्दोलन चर्कियो र त्यही आन्दोलन निर्णायक हुने स्थिति भयो भनेचाहिँ ओली भनेर बसिनरहनेमा भारतीय नेतृत्व दृढ रहेको बताइन्छ ।
टिप्पणीहरू