शीतल निवासबाट सत्तोसराप
नेकपा विवादको असर ठूला नेता–कार्यकर्तामा मात्र हैन, त्यही पार्टीको नाममा भएका ठूला नियुक्तिलाई सघाउने टिममा समेत परेको छ । सरकारी कोषबाट तनखा बुझ्नेहरूले पार्टी विवादमा अर्को पक्षको हुर्मत लिनेगरी सामाजिक सञ्जाल रंग्याउँदै आएका छन् । संवेदनशील ठाउँ र निष्पक्ष जिम्मेवारीमा रहेर बाटो बिराउनेमा शीतल निवासका स्टाफहरुको समेत संलग्नता पाइएको छ । तिनैमध्ये त्यसरी सामाजिक सञ्जाल रंगाउनेमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीका निजी उपसचिव हीरामणि आचार्यबारे बाग्लुङबाट गुनासो आएको छ ।
आचार्यले हालै फेसबुकमा पोष्ट गरेको हाइलाइटेड म्यासेजमा भनिएको छ ‘मासिक ६० आउँदोरहेछ त बुनु । त्यही हो भट्याएको ? भरपाई हाल्दिऊँ ? झाँक्री विशेष, अहिलेलाई यत्ति मात्रै हवस् ।’
‘महत्वपूर्ण निकायको पदमा बसेर त्यसरी सार्वजनिक टिप्पणी गर्न मिल्छ र ?’ भन्ने जिज्ञासामा आचार्यले ‘आफ्नै बहिनीलाई लेखिएको म्यासेजलाई अरुले नबुझिदिँदा’ हुने बताएका छन् । झाँक्रीको प्रसंग किन जोड्नुभएको भन्ने सम्बन्धमा उनले धामी, झाँक्री र वैद्यको विषय उठाएको भनेर टालटुल पारेका थिए ।
नेत्री झाँक्रीले भने राष्ट्रपति कार्यालयको निजी सचिवालयमा रहेर सरकारी वेतन लिने अधिकांशले आफूविरुद्ध सामाजिक सञ्जालमा पहिलो दिनदेखि विषवमन गर्दै आएको बताएकी छन् । तर, जिम्मेवार नागरिक र जनप्रतिनिधिको हैसियतमा आफूले सम्मानित संस्थाको कहिल्यै बद्ख्वाइँ नगरेको उल्लेख गर्दै महँगो कारकेड खरिदको सन्दर्भमा भएको आलोचनामा आफू स्वयंले राष्ट्रपति भण्डारीको बचाउ गरेको सन्दर्भ हेर्न ‘पदेन विरोधी’ सबैलाई आग्रह गरेकी छन् ।
राष्ट्रपतिलाई अनादर हुनेगरी सार्वजनिक स्थानमा धारणा राखेको भन्दै राज्यविरुद्धको अपराधअन्तर्गत अघिल्लाे बिहीबार ६ घण्टा प्रहरीको अपराध अनुसन्धान महाशाखा, मीनभवन पु¥याइएकी नेकपा नेत्री रामकुमारी झाँक्रीलाई सोही साँझ सामान्य सोधपुछपछि छाडिएको थियो । तर, उनलाई एक रात पनि हिरासतमा नराखेको आरोपमा महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई सोमबार दिउँसो अकस्मात प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ ।
पदमा बसेर पनि विषवमन गरिरहनेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई बोर्ड फस्र्ट छन् । आचार्यको पछिल्लो स्टाटसले उक्त रोग बालुवाटारबाट शीतल निवासतिर पनि सरेको देखिन थालेको हो ।
टिप्पणीहरू