किन डाकियो राष्ट्रिय सुरक्षा परिषदको बैठक ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुध्दाको फैसला सुनाउने दिन नजिकिएको बेला राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकिएको छ ।
बिहान साढे नौ बजे सिँह दरवारमा बस्ने उक्त बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गर्नुहुने छ । उहाँ अहिले रक्षामन्त्रीको समेत जिम्मेवारीमा हुनुहुन्छ ।
यो निकायले देशमा संकटकाल लगाउने,सेना परिचालन गर्ने,देशमाथि खतरा आइपर्दा सीमा सुरक्षासम्बन्धी निर्णय गर्नेजस्ता यावत काम गर्दछ ।
राष्ट्रिय सुरक्षा परिषदको बनोट यसप्रकारको छ :
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) नेपाल सरकारको रक्षा मन्त्री – सदस्य
(ग) नेपाल सरकारको गृहमन्त्री – सदस्य
(घ) नेपाल सरकारको परराष्ट्र मन्त्री – सदस्य
(ङ) नेपाल सरकारको अर्थमन्त्री – सदस्य
(च) नेपाल सरकारको मुख्य सचिव – सदस्य
(छ) प्रधान सेनापति, (नेपाली सेना – सदस्य
टिप्पणीहरू