चितवनमा विजय जुलुस, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको जित भएको बताउनुभएको छ । जनआश्थालाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलाले संविधान, लोकतन्त्र, गणतन्त्र र आम जनता भावनाको कदर गरेको बताउनु भयो। उहाँले सबैलाई बधाई पनि दिनुभएको छ ।
नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल अहिले चितवनमा हुनुहुन्छ । भोलि हुने विरोध सभालाई सम्बोधन गर्न चितवन पुग्नुभएका अध्यक्षद्वयले आजै विजय जुलुसलाई सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू