मातेर मर्ने ऊ, श्रीमतीहरुलाई समस्या
इलाका प्रहरी कार्यालय, तुलसीपुरको हिरासतमा रहेका झक्कु बस्नेतलाई आफूसंगै थुनिएका व्यक्तिको मृत्यु होला भनेर कल्पनासम्म थिएन । यही फागुन ८ गतेका दिन लागु औषधसंगै पक्राउ परेका बस्नेतसमेत अन्य सात जना एउटै कोठामा थिए । त्यही कोठामा मादक पदार्थ सेवन गरेका नन्दलाल वली पनि थिए । सोही दिन राती करिव सवा १० बजेतिर मात्रै वलीसंग बस्नेतको भेट भएको थियो । त्यो कोठामा मादक पदार्थ सेवन गरेका अरु दुईजना पनि थिए ।
करिव १० बजेतिर हिरासतमा ल्याइएका वली अचेत जस्तै थिए । उनी ठूलो स्वरमा कराइरहेका थिए । मादक पदार्थ सेवन गरेका वलीले आफूलाई खुकुरी ल्याएर हान्न थालेपछि प्रहरीलाई खबर गरेको श्रीमती प्रीति वलीले बताइन् । हिरासतमा स“गै सुतेका वली बिहान घ्यारघ्यार गर्न थालेपछि प्रहरीले नजिकै रहेको राप्ती प्रादेशिक अस्पताल पु¥याएको थियो । केही छिनमै चिकित्सकले मृतक घोषणा गरेका थिए ।
घटना विवरणअनुसार बिहानैदेखि मातेका वलीले सात वर्षको छोरीलाई कुटपिट गरे । श्रीमतीलाई पनि कुटपिट गरे । बाँच्नका लागि घरको छतमा जाँदा उल्टै खुकुरी लिएर मार्न आए । जसोतसो बाहिर निस्किएर चिच्याएर बचाउनका लागि आग्रह गर्दा कसैले पनि बचाउन आएनन् । पछि नजिकै रहेको उच्च अदालतको ड्युटीमा खटिएका प्रहरीलाई सम्पर्क गरेपछि इलाका प्रहरी कार्यालयमा खवर गरियो । ‘इलाका प्रहरी कार्यालयबाट आएको टोलीले उहाँलाई (श्रीमान)लाई लिएर गए,’ श्रीमतीले भनिन् । श्रीमानले आफूलाई घाँटी थिचेर मार्न खोजेपछि प्रहरीको सहायता मागेको उनको भनाइ छ ।
प्रहरी कार्यालयमा ल्याइएका वलीले निकै हल्ला गरे । सुन्नै नसकिने गाली गर्न थालेपछि प्रहरीले श्रीमतीलाई खवर गर्न खोजे । त्यतिबेला रातको १० बजेभन्दा ढिलो भइसकेको थियो । श्रीमतीको फोन नउठेपछि हिरासतमा राखियो । हिरासतमा बस्दा पनि वलीले निकै हल्लाखल्ला गरिरहेका थिए । उनले ‘म तिमीहरुजस्तो होइन, भोलि एक हजार जरिवाना तिरेर छुटिहाल्छु ।’ भनिरहेका थिए । चार पाँच जना श्रीमती रहेको भन्दै कराइरहेका थिए ।
कराउँदा कराउँदै सुतेका वली कतिबेला निदाए अरुले पनि थाहा पाएनन् । संगै सुतेका अरु पाँच छ जनाले पनि थाहा पाएनन् । बिहान उठाउन खोज्दा हलचल गरेनन् । तुलसीपुर उच्च अदालतनजिक रहेको चित्रबहादुर सेनको घरमा कोठा भाडामा ल्याएर वलीको परिवार बसिरहेको थियो । श्रीमानको काम केही नभएको र आफूले नगरपालिकाको मेलमिलाप केन्द्रमा जागिर खाइरहेको, त्यसैबाट परिवारको सवै जिम्मेवारी निर्वाह गरिरहेको श्रीमती प्रितीले बताइन् । श्रीमानको मृत्यु के कारणले भयो भन्ने बारेमा अनुसन्धानको प्रक्रियामा रहेको भएपनि केही दिनअघि रगत बान्ता गर्दा औषधि गराउन जाऊँ भनेको पनि प्रीतिले सुनाइन् । औषधी उपचार गर्नका लागि जाऔं भन्दा मलाई केही हुँदैन । एक गिलास रक्सी खाएपछि ठीक हुन्छ भन्दै औषधि गर्न नमानेको उनको भनाइ छ ।
फागुन ९ गते अर्थात् आइतबारका दिन बिहान मृत्यु भएका वलीको सवलाई पोष्टमार्टम गर्ने तयारी भइरहेको समयमा रोल्पाबाट आएकी जेठी श्रीमती र आफन्तहरुले मृत्युको कारण रहस्यमय रहेको भन्दै लाश बुझ्न मानिरहेका छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले कुनै शंका भए पोष्टमार्टम रिपोर्टबाट खुल्ने भन्दै पोष्टमार्टमका लागि सहयोग गर्न आग्रह गर्नुभयो । कान्छी श्रीमतीले पोष्टमार्टमका लागि अनुमति दिएको भएपनि जेठी श्रीमतीले शरीरमा डामहरु देखिएको भन्दै पोष्टमार्टम गर्न नमानेको पनि सिंहले बताउनुभयो । उहाँले कान्छी श्रीमतीसंग झगडा गर्ने गरेका वलीलाई यसअघि पनि चार–पाँचपटक इप्रका ल्याइएको थियो । इप्रकामा आउँदा मिलापत्र गरेर जाने, पछि फेरि श्रीमतीलाई पुरानै व्यवहार दोहो¥याउने गरेको रेकर्ड रहेको थियो ।
रोल्पा घर भएका वलीले १६ वर्षअघि प्रीति वलीस“ग विवाह गरेका थिए । रोल्पामा दुईवटी श्रीमतीलाई बिहे गरेर छोडेपछि अर्की श्रीमती ल्याएका थिए । ती श्रीमतीबाट जन्मिएका छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छीबाट एउटी छोरी छिन् । आफूलाई बिहे गर्दा बुटवल घर हो, विहे गरेको छैन भन्दै झुक्याएको प्रीतिले सुनाइन् । प्रीतिले आफ्ना श्रीमानको मृत्युको कारण मुटुसम्बन्धी रोग हुनसक्ने बताइन् । पटक–पटक उपचारका लागि जानभन्दा नमानेको र उक्त दिन अत्यधिक मदिरा सेवन गरेको उनले बताइन् ।
हिरासतमा रहेका वलीको मृत्यु भएपछि मानिसहरुमा आशंका हुनु स्वभाविक भएको प्रहरी नायव उपरिक्षक सिंहको भनाई छ । हिरासतमा प्रहरी जाँदैन, त्यहाँ भएकालाई सोध्ने हो । सोधेका छौं । त्यहाँ कुनै झगडा भएको वा कुटपिट भएको सुनिएको छैन । उनी आफै अचेत थिए । आफूलाई मार्न थालेको भनेर श्रीमतीले नै उजुरी गरेपछि ल्याएको उहाँको भनाई छ । वलीलाई प्रहरीले पक्राउ गरेपछि राप्ती प्रादेशिक अस्पतालमा लगेर चेकजाँच गर्दा मादक पदार्थ सेवन गरेको देखिएको पनि सिंहले बताउनुभयो । उहाँले घटनाका बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि बताउनुभयो । मंगलबारसम्म पनि शवको पोष्टमार्टम गरिएको छैन ।
टिप्पणीहरू