अब ओलीसँग सरकारमा रहने नैतिक आधार छैन : पौडेल
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलासंगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा रहने नैतिक आधार गुमाएको टिप्पणी गर्नुभएको छ । उहाँले ओलीलाई तत्काल सकार छाड्न सुझाव पनि दिनुभएको छ।
पौडेलले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर अदालतले मुलुकलाई दुर्घटनाबाट जोगाएको पनि बताउनुभयो । ‘सर्वोच्चको फैसलाले सत्यको जीत भएको छ। अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचायो । यसका लागि म सम्मानित न्यायामुर्तिहरुलाई धन्यबाद दिन चाहान्छु।’
उहाँले न्यायालयप्रतिको जनविश्वास बढेको पनि बताउनुभयो ।
टिप्पणीहरू