सर्वोच्चको फैसलाको स्वागतमा दीप प्रज्वलन गर्न अनुरोध
सर्वोच्चको अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई बदर गरे लगतै सबै खुशी देखिएका छन् । अधिकांशले सामाजिक सञ्जाल मार्फत् आफ्नो खुशी साटेका हुन् ।
सामाजिक सञ्जाल मार्फत् नेकपा स्थायी कमिटि सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उच्च राखेको बताउँदै मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेकोमा प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई धन्यवाद भन्नुभएको छ ।
त्यस्तै अनेरास्ववियुका विधार्थी नेता रञ्जित तामाङले प्रतिनिधिसभा पुनःस्र्थापन हुनु नेपाली जनताको जीत भएकाले अदालतको फैसलाको स्वागत गर्दै देशभर दीप प्रज्वलन गर्न सबैलाई अनुरोध गरेका छन् ।
टिप्पणीहरू