हिजोका न्यायाधीश आज छुट्टीमा
संवैधानिक इजलासमा रहेर हिजो प्रतिनिधिसभालाई ब्युँताउनुभएका सर्वोच्च अदालतका कोही पनि न्यायाधीशलाई आज इजलास तोकिएको छैन । इजलासका सबै न्यायाधीशलाई आज तनावबाट मुक्त भएर परिवारसङ्ग रमाउन समय दिइएको हो ।
सर्वोच्चका १९ मध्ये ११ न्यायाधीशले मात्रै अरु केस हेर्नुहुनेछ । आज इजलास तोकिएका न्यायाधीशमा मीरा खड्का,दिपक कार्की,प्रकाशमान सिंह राउत,पुरुषोत्तम भण्डारी,बमकुमार श्रेष्ठ,मनोजकुमार शर्मा, इश्वरप्रसाद खतिवडा,हरिकृष्ण कार्की,हरि फुयाल,दिपक कार्की,कुमार रेग्मी,टँक मोक्तान हुनुहुन्छ ।
सुष्मालता माथेमा र आनन्दमोहन भट्टराई पनि छुट्टीमा बस्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले हिजो फैसला गरेको थियो ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनुहुन्थ्यो ।
टिप्पणीहरू