राष्ट्रपतिद्वारा शिवलिंगको जलहरी उद्घाटन

राष्ट्रपतिद्वारा शिवलिंगको जलहरी उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरभित्रको शिवलिंगको पानी बगेर जाने ठाउँमा लगाउन दिनुभएको निर्देशनबमोजिम हालिएको सुनको जलहरी उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै गर्नुभएको छ ।

मध्यान्ह १२ बजे पशुपति मन्दिरभित्र प्रवेश गर्नुभएकी राष्ट्रपतिले विशेष पूजासहित शिवलिंग वरिपरि बिच्छाइएको सुनको जलहरीको उद्घाटन गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पशुपतिमा लाखबत्ति बाल्दै क्षमापूजा गर्ने क्रममा भुईंमा राखिएको चाँदीको जलहरीमाथि सुनको जलहरी छाप्न तत्काल ३० करोड दिने वचन दिनुभएको थियो ।

पछि सबै खर्च जोड्दा १ सय ८ केजी सुनको जलहरीको निम्ति सरकारले ४० करोड र पशुपति क्षेत्र विकास कोषले ५० करोड खर्चेको थियो । ज्याला भने निजी क्षेत्रबाट उठाएर तिरिएको बताइएको छ ।

यससम्बन्धी समाचार जनआस्थाले तीन हप्ताअगाडि ब्रेक गरेको थियो ।

टिप्पणीहरू