कास्कीमा पनि निस्क्यो जुलुश
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई सर्वोच्च अदालतले हिजो बदर गरिदिएको उपलक्ष्यमा नेकपा प्रचण्ड–माधवपक्षले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा विजय जुलुश निकालेको छ ।
सोही क्रममा आज दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विशाल विजय जुलुश निस्केको छ ।
नेकपा जिल्ला समिति कास्कीको आयोजनामा निकालिएको जुलुसमा सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलालाई सम्मान गरौ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई रक्षा र सुदृढ गरौं नारा लेखिएको ब्यानर बोकिएको थियो ।
टिप्पणीहरू