फेरि वामदेवको दौडधुप शुरू: हिजो बिचौलिया भट्टसङ्ग, आज प्रचण्डसङ्ग
पार्टी एकीकरणको नाममा नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही समयअघि झण्डै एक घण्टा खुमलटारमा भेटवार्ता गर्नुभएको छ । अस्ति सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिश बदर गरेपछि हौसिनुभएका गौतम आज एकताको नाममा खुमलटार पुग्नुभएको हो ।
गौतमले हिजै साँझ सानेपाको घरमै पुगेर बिचौलिया दिपक भट्टसङ्ग पनि एक घण्टा सरसल्लाह गर्नुभएको थियो ।
अदालतको आदेशपछि पूर्णरूपमा रक्षात्मक अवस्थामा पुगेको प्रधानमन्त्री ओली समूह र प्रचण्ड-नेपाल खेमालाई नजिक्याउने भन्दै गौतम खुमलटार पुग्नुभएको स्रोतको दाबी छ । प्रधानमन्त्रीका विश्वासपात्र तथा साइबर सेनाका सेनापति महेश बस्नेतले हिजो गौतमको नामै किटेर पार्टी एकताको पहल गर्नसक्ने भनेपछि भएको गौतमको दौडलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
गौतम निस्केपछि अहिले खुमलटारमा नेतृ पम्फा भुसालले अध्यक्ष दाहालसँग भेट गर्नुभएको छ ।
टिप्पणीहरू