ओलीइतरको राष्ट्रिय सरकार बन्छ

ओलीइतरको राष्ट्रिय सरकार बन्छ

जसपा नेता लक्ष्मणलाल कर्णले पनि संसद विघटनबिरुद्ध आन्दोलन गरेका शक्तिहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

जनआस्थासँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘यो सरकार रहने कुनै सम्भावना छैन, संसद्को पहिलो बैठकले नै नयाँ सरकार गठनको प्रक्रिया थाल्छ । मुद्दाका आधारमा एक ठाउँ रहेका दलहरूबीचको सहकार्य नै स्वभाविक हुने हुँदा त्यहिअनुसार छलफल अगाडि बढाउनु पर्छ ।’

उहाँले ५ वर्षको स्थायित्वसहितको सरकार दिने संविधानको व्यवस्थालाई ओलीले कुल्चेको बताउनुभयो । ‘ओलीजीले संविधान प्वाल पार्न खोज्नुभयो । त्यसैले अब उहाँसँग सहकार्यको कुनै सम्भावना छैन,’ कर्णले भन्नुभयो ।

देश गम्भीर अवस्थामा रहेको भन्दै उहाँले राजनीतिक दलहरूले स्थिरता र स्थायित्व दिनेगरी निर्णय गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीहरू गम्भीर हुनुपर्ने अवस्था छ । जनताले स्थिरता चाहेका छन्, त्यसका लागि अग्रगामी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ । अल पार्टी सरकार बनाएर जानुपर्छ ।’

उहाँले ओलीसहितको सरकार बन्ने सम्भावनालाई भने अस्वीकार गर्नुभयो । ‘अब यो सरकारलाई अगाडि बढाउन सकिँदैन । हामीले संस्थागत निर्णय त गरेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर पनि मेरो भनाई के हो भने ओलीइतरका शक्तिहरूबीच सरकार गठनमा सहमति हुनुपर्छ, मुलुकलाई सही ढंगले निकास दिनुपर्छ ।’

टिप्पणीहरू