“नियुक्तिमा गर्व नगर साथी हो ! “

“नियुक्तिमा गर्व नगर साथी हो ! “

-रमण बस्याल

“साथीहरु ! राजनीतिक नियुक्ति पाउँदा गाैरव गर्ने मानसिकता त्यागाैं । ओलीले नियुक्त गरेका साथीहरुले यति छिट्टाे अवकास पाउनु पर्ने भाे। दु:ख लागिरहेछ । अन्य व्यवसाय गर्नुस् । खुट्टामा टेक्नुस् । नेताले हाम्राे जीवन दाउमा राखेर जुवा खेल्छन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गतेपछि गरेकाे राजनीतिक नियुक्तिलाई सर्वाेच्च अदालतले बदर गरिदिएलगत्तै लेखक तथा बिश्लेषक ऋषि आजादले फेसबुकमा एकाबिहानै उक्त स्टाटस लेखेका छन् । स्टाटसमा धेरै भाव र अर्थ छ । उनले राजनीतिक नियुक्तिकाे नाममा समूहमा लाग्ने प्रवृति परिवर्तन गर्नुपर्ने पनि बताएका छन् ।

क्षणिक स्वार्थकाेलागि याेग्यभन्दा पनि आफ्नाहरुलाई दिइने नियुक्तिकाे खासै अर्थ नहुने बिश्लेषक अाजादकाे तर्क छ । तर कतिपय मान्छे जीवनभर मेहनत गर्नुकाे साटाे नेताकाे चाकडी गरेर नियुक्ति खाने दाउपेचमा लागेका देखिन्छन् ।

संसद बिघटन बदर गरेसंगै राजनीतिक नियुक्ति पनि अदालतले बदर गरिदिएपछि सामाजिक सन्जालमा बधाईकाे ‌‌ओईराे पाउनेहरुकाे बिचल्ली भएकाे छ । पुस ५ पछि नियुक्त भएका संवैधानिक आयाेगका सबै आयुक्त,युवा परिषद,भूमि समस्या समाधान आयाेगलगायत सबै आयाेगमा नियुक्त भएकाहरुकाे नियुक्ति अदालतकाे आदेशसंगै स्वत: बदर हुने क्रममा छन् । पदकैलागि ‌ओली समूहमा लागेकाहरुकाे यतिबेला कन्तबिजाेग भएकाे हाे । ०६२/०६३ को राजनैतिक परिवर्तनपछि शाही सरकारका सबै नियुक्ति गिरिजा सरकारले खारेज गरेको थियो । त्यसको मारमा पूर्व काङ्ग्रेस तथा प्रेस काउन्सिल अध्यक्ष माथवरसिंह बस्नेत पनि परेका थिए ।

रुपन्देहीमा भूमि समस्या समाधान आयाेगकाे सदस्यमा नियुक्तिसंगै ओली समूहमा लागेकी पूजाकाे पद स्वत: धरापमा परेकाे छ । पूजा पदको बार्गेनिङपश्चात् ओली तिर लागेकी थिइन् । उनका श्रीमान विश्वास बराल “अनुप” विगतमा जनयुद्धका कमान्डर थिए । गएकाे निर्वाचनमा प्रदेशसभा सदस्यकाे उमेदवारसमेत रहेका उनी श्रीमतिलाई राजनीतिक नियुक्ति र आफू जिल्ला सचिव पाउने लाेभमा ओली समूहमा लागेका हुन् । ओली समूहमा लागे बापत अनुपलाई हाल जिल्ला सचिवकाे जिम्मेवारी दिईएकाे छ ।

नेकपामा विवाद भएपछि शुरुका केही दिन माधव–प्रचण्ड समूहमा सक्रिय भएका अनुप बराल ओली समूहको जिल्ला सचिव हुने शर्तमा फर्किए । उनले जिम्मेवारी सम्हालिरहेका छन् । त्यति मात्रै नभएर उनकी श्रीमती गंगा कार्की (पूजा) लाई जिल्ला भूमि आयोगको सदस्यसमेत बनाइएको हाे ।

टिप्पणीहरू