अनि त्यसपछि रोकियो निर्वाचन आयोग
चासोको विषय छ, सत्तारुढ नेकपाको नाम, झण्डा र चुनाव चिह्न कसले पाउला ? निर्वाचन आयोगले केही दिनअघि दुवै समूहले नपाउने गरी काम अगाडि बढाइसकेको थियो । तर, एकजना प्रबुद्धको सल्लाहका कारण त्यसो हुन पाएन ।
आयोगले माघ २६–२७ र त्यसपछि आफ्नो स्थापना दिवस मनाउने दिन फागुन ७ कै साँझ प्रचण्ड–माधव पक्षको निवेदनलाई तामेलीमा राख्ने गरी काम अगाडि बढाएको थियो । तर, प्रशासनिक अदालतका पूर्वअध्यक्ष काशिनाथ दाहालले पाँचै जना आयुक्त भेटेर साढे तीन घण्टासम्म कुरा राखेपछि आयोग पछि हट्यो । ठूलो पार्टीको विवाद हल नगरी चुनावी कार्यक्रम घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले समेत स्वीकार नगर्ने काशिनाथको तर्क सुनेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुन आयोगका अध्यक्ष माधव पौडेलसँग पनि राय मागे । शायद, माधवले पनि अदालतको फैसला कुर्न उपयुक्त हुने कुरा सुनाए । अनि बल्ल आयोग पर्ख र हेरको स्थितिमा पुग्यो । त्यसपछि प्रधानमन्त्रीले सार्वजनिक रुपमै निर्वाचन आयोगलाई गाली गर्न थाल्नुभयो ।
टिप्पणीहरू