अग्निले त्यसो भने पनि अन्तिममा…

अग्निले त्यसो भने पनि अन्तिममा…

मंगलबार दिनभरि महान्यायाधिवक्ता अग्नी खरेलको राजीनामाको हल्ला चल्यो । र, ‘राजीनामा दिएको छैन’ भनेर उहाँले आफ्नो प्रष्टिकरण पेश गर्नुपर्नेसम्म भयो । तर, राजीनामाको हल्ला स्याल कराउनु र बाख्रा हराउनुजस्तै भएको तथ्य जनआस्थासँग छ ।

उहाँले महान्यायाधिवक्ता कार्यालयका सहकर्मीबीच पटक–पटक राजीनामा दिने र अर्को भूमिकामा जाने भन्दै आउनुभएको हो । ‘मैले त बाबुराम दाहाललाई भनेको छु । तर, रमेश बडाल पनि हुनसक्छन् है’ भनेर नयाँ महान्यायाधिवक्ताबारे केही दिनअघि मात्रै उहाँले नायव र सहमहान्यायाधिवक्ताबीच भन्नुभएको थियो ।

वास्तविकता के हो भने, अग्निको खास गुनासो प्रधानमन्त्रीको कानुन विज्ञका रुपमा नियुक्त भएका बाबुराम दाहालमै हो । उनले अग्नि र सुवास नेम्वाङको पोलिटिक्स नै बिगारेको आरोप छ । बाबुराम जतिबेला पनि बालुवाटारमा हुने । पछिल्लो समय प्रधानमन्त्रीले अग्निसँग भेटै नगर्ने कारक पनि बाबुराम हुन् भन्ने बुझाई छ । सुवासको पनि बाबुरामले कुरा लगाएपछि प्रधानमन्त्रीसँग पहिलाजस्तो बाक्लो भेटघाट छैन भनिन्छ ।

टिप्पणीहरू