सेनामा खुट्टा तान्नेका सरगर्मी
सेनाको हवाई क्षेत्रमा जर्नेलहरूबीच अलग्गै राजनीति चलिरहेको छ । मध्यएयर बेस सुर्खेत, भिभिआइपी र मर्मत सम्भार गरी तीन युनिट छ । सैनिक हवाई महानिर्देशक दुई तारे जर्नेल हुन्छन् भने बाँकीमा ब्रिगेडियर जर्नेलहरू प्रमुख रहन्छन् । अहिले त्यहाँ पछि स्वतः खारेज हुने गरी ब्रिगेडियर धनेन्द्र शाहलाई कमाण्डर बनाइएको छ ।
भिभिआइपीमा आशिषनरसिंह राणा छन् । कुमार रायमाझी मध्यएयरबेसबाट रिटायर्ड हुने बेला भएपछि घर बसे । त्यहाँ सुवर्ण, रामसिंह बोहोरा र सञ्जिव घिमिरे प्रतिस्पर्धी छन् । सुवर्ण बिष्ट सेनाको उड्डयन फाँटका लागि चाहिने मान्छे हुन् । तर, रामसिंहले माथि–माथि कुरा पु¥याएर सुवर्णलाई बिगारेको चर्चा छ । उनी थमौतिका लागि विभिन्न ठाउँमा जाँदा अनेकन उजुरी हालियो । सुवर्णको म्याद नथपिने भएपछि करारमा लिने कुरा भयो । तर, ‘करारमा खान्नँ’ भनेपछि उनी बाहिरिए ।
अनि, अब त्यहाँको हाकिम रामसिंह बोहोरा हुने भए । त्यसपछि सञ्जिव घिमिरे हुन्छन् । यो सबै खेलो सञ्जिव र रामसिंहको हो भनेर जंगी अड्डामा चर्चा छ । भनिन्छ, यसका लागि प्रधानसेनापतिको नाता पर्ने सुवास थापाले खेल खेलेका थिए । उनी आफैँ पनि रविन्द्र बस्नेतलाई राजीनामा गर्न लगाएर त्यो ठाउँमा महासेनानी भएका हेलिकोप्टर पाइलट हुन् ।
टिप्पणीहरू