खतिवडा ह्वाइट हाउस नछिरी फर्कलान् ?

खतिवडा ह्वाइट हाउस नछिरी फर्कलान् ?

अमेरिकाका लागि नवनियुक्त राजदूत युवराज खतिवडा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस नछिरी र राष्ट्रपति जो बाइडेनलाई नभेटी नेपाल फर्किने सम्भावना बढ्दो छ । अमेरिका र नेपालबीचको ७४ वर्ष लामो कूटनीतिक इतिहासमा बहालरत राष्ट्रपतिसँग नभेटी,हात नमिलाई, फोटो नखिची र ह्वाइट हाउसमा नछिरी नेपाल फर्कने एकमात्र राजदूत बनेर खतिवडाले नयाँ रेकर्ड राख्ने त हैनन् !

राष्ट्रपति जो बाइडेनसमक्ष फेब्रुअरी १७ तारिखका दिन हुलाकबाट ओहोदाको प्रमाणपत्र पेश गरेका खतिवडाले आफ्नो कार्यकालभरि ह्वाइट हाउस छिर्न र राष्ट्रपति बाइडेनसँग हात मिलाएर फोटो खिच्नसमेत नपाउने भएका हुन् ।

राष्ट्रपति जो बाइडेनसमक्ष फेब्रुअरी १७ तारिखका दिन हुलाकबाट ओहोदाको प्रमाणपत्र पेश गरेका खतिवडाले आफ्नो कार्यकालभरि ह्वाइट हाउस छिर्न र राष्ट्रपति बाइडेनसँग हात मिलाएर फोटो खिच्नसमेत नपाउने भएका हुन् । अघिल्लो साता आलिशान बंग्लोमा बुढेशकालको भ्यालेण्टाइन्स मनाउँदासम्म दङ्ग देखिएका खतिवडा १५ तारिखका दिन स्टेट डिपार्टमेण्टले कोरोनाको कारण देखाउँदै हुलाकबाट ओहोदाको प्रमाणपत्र पठाउन जानकारी गराएपछि खिन्न भएर निवासमै बसेका थिए ।

दूतावास स्रोत भन्छ, ‘ह्वाइट हाउस छिर्ने र राष्ट्रपतिसँग हात मिलाएर फोटो खिच्ने ऐतिहासिक क्षणको दुर्लभ अवसर नमिलेपछि उहाँमा बेचैनी शुरु भयो । त्यसैले ओहोदाको प्रमाणपत्र पेश गरेको प्रेस विज्ञप्ति नै ६ दिनपछि मात्र सार्वजनिक गर्न लगाउनुभएको हो ।’ स्रोत अगाडि भन्छ ‘सर्वोच्च अदालतको फैसलापछि उहाँले अनुहार झनै ठुस्स पार्न थाल्नुभएको छ ।’

यसअघि नियुक्त राजदूतहरुले पनि ओहोदाको प्रमाणपत्र पेश गरेको दिन बाहेक ह्वाइट हाउस छिर्ने र राष्ट्रपति भेट्ने मौका बिरलै पाएका थिए । तर,खतिवडाभन्दा अघिका एनजीओ क्याडर अर्जुन कार्कीले भने तीन पटक ह्वाइट हाउस छिर्ने मौका पाए । उनले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा ह्वाइट हाउस छिरेर राष्ट्रपति बाराक ओबामासँग हात मिलाएका थिए । त्यसपछि डोनाल्ड ट्रम्प र हालका जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा राजदूतको हैसियतले ह्वाइट हाउसभित्र छिर्न पाए ।

खतिवडाको भने सम्भवतः नयाँ सरकार गठनपछि लगत्तै स्वदेश फिर्ता गरिने हिट लिष्टमा रहेका कारण पर्यटकले झैँ ह्वाइट हाउसको चौरमा उभिएर फोटो खिच्नेबाहेक अन्य सम्भावना नरहेको बताइन्छ । अब खतिवडासँग बाइडेनको हात समाएर फोटो खिच्ने एउटा मात्र उपाय न्यूयोर्कस्थित म्याडम टुसाडमा रहेको जो बाइडेनको मैनको आकृति बाँकी रहेको बताएका छन् ।

खतिवडाले अमेरिकी विदेश मन्त्रालयसमक्ष पेश गरेको बायोडाटामा आफूलाई राजदूत नियुक्त हुनुअघि रहेको प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारको पदलाई मन्त्रीस्तरीय थिएँ भनेर उल्लेख गरेका छन् । उनी यसै पनि त्यसअघि मन्त्री थिए । त्यो पनि एउटा होइन अर्थ र सञ्चार गरी दुईवटा ।

तर,परराष्ट्र मन्त्रालयका सहसचिव जाने पदमा नियुक्त हुँदा पनि उनले लाजै नमानी पहिले मन्त्री थिएँ भनेर बायोडाटा पेश गर्नुको तुक देखिँदैन । त्यहि भएर होला डिसीस्थित नेपाली दूतावासका कर्मचारीहरुले भनेका छन् ‘सहसचिवको ठाउँमा आउनलाई म मन्त्री सरहको थिएँ है भनेर किन लेख्नुपर्या होला ? यसअघि योजना आयोगको उपाध्यक्ष छाडेर राष्ट्र बैंकको गभर्नरमा हाम्फालेकाले त्यसो गर्नु कुनै अचम्म पनि भएन ।’

टिप्पणीहरू