प्रचण्डको जवाफ : निवेदकको दाबी प्रायोजित (पूर्णपाठसहित)
नेकपा (बहुमत)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति उच्च सम्मान रहको बताउनुभएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्धामा आइतबार १० बूँदे जवाफ पेश गर्दै उहाँले सरकारको नेतृत्वले प्रायोजित रुपमा निवेदन दर्ता गराएको पनि बताउनुभएको छ ।
‘निवेदकले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार पारेको निवेदन दर्ता गर्नुभएको हो, निवेदकले अरोटको काम गरेको हुँदा दलको नाम ठेगाना समेत अनविज्ञ भएको देखिन्छ । यस्ता उडन्ते निवेदन दर्तासमेत हुनु नपर्ने हो । तापनि सम्मानित अदालतको मर्यादाका खातिर आफैं उपस्थित भै जवाफ दिइरहेको छु’, लिखित जवाफमा भनिएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध आमजनता सडकमा नारा जुलुस लगाउन आएको भन्दै प्रचण्डले त्यसलाई अदालतविरुद्ध नभई प्रधानमन्त्री विरुद्धको आक्रोश भन्नुभएको छ । ‘प्रधानमन्त्रीको कदम विरुद्ध जनताको आक्रोश हो, अदालतले नाराजुलुस र भाषणको व्याख्या गर्न होइन, तसर्थ हाम्रो नारा जुलुसले स्वतन्त्र र सक्षम न्यायपालिकालाई प्रभाव पार्ने कुरा हुन् सक्दैन । सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् र यस्ता निवेदन हाल्न लगाउछन्’, प्रचण्डको जवाफ छ ।
प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि आफ्नो जवाफमा उल्लेख गर्नुभएको छ ।
जवाफको पूर्णपाठ
टिप्पणीहरू