निर्णय सुनाउने अदालत आज बन्द : नेकपाको आधिकारिकता बिबाद लम्बियो
पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको देहावसानको शोक मनाउन आज देशैभरका अदालत बन्द हुने भएपछि नेकपाको विवादलाई पनि त्यसको प्रत्यक्ष असर पर्ने भएको छ ।
आजै २० गते सर्वोच्च अदालतमा बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ऋषि कट्टेलद्वारा दायर नेकपा नामको आधिकारिकतासम्बन्धी रीटउपरको सुनुवाइपश्चात निर्णय सुनाउने तिथि निर्धारित थियो । अब यसको पेशी थप केही दिन लम्बिनेछ ।
प्रतिनिधिसभा विघटनका कारण चर्किएको नेकपा विवादमा नेपाली काङ्ग्रेस र सजपालगायतका दलहरूले नेकपाको ओली र प्रचण्ड-माधव खेमालाई कुन आधिकारिक हो खुलाएर आफूसङ्ग सहकार्यको प्रस्ताव ल्याउन भनी अत्तो थाप्दै आएका थिए । अब प्रक्रिया नथाली अदालतको आदेश कुर्ने निर्वाचन आयोग,नेकपाको आधिकारिकता खोज्ने अन्य दलहरुसहित अन्यौलग्रस्त सरोकारवाला सबैलाई आउँदो आइतबारदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनमा कित्ता खुलाएर पूर्ण तयारीका साथ जान बाटो खुलेको देखिन्छ ।
टिप्पणीहरू