बिप्लव भोलि प्रकट हुने

बिप्लव भोलि प्रकट हुने

झापा आन्दोलनका पाँच शहीदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते बिद्रोही माओवादी नेकपाका महासचिव नेत्रबिक्रम चन्द “बिप्लव” सार्वजनिक जीवनमा देखा पर्ने भएका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीसङ्गै उभिएर भोलि एक कार्यक्रमवीच आज भएका सहमतिवारे बोल्ने तय भएको छ ।

दुई पक्षवीच हिजो दुई चरण र आज बिहान भएको एक चरणको वार्ताबमोजिम आजै उक्त समूहमाथिको प्रतिवन्ध फुकुवा हुने र बन्दीहरु रिहा गरिने,कतिपय मुध्दा महान्यायाधिवक्ता कार्यालयको रायसहित आजै क्याबिनेट बैठकबाट फिर्ता लिइने तयारी युध्द स्तरमा शुरु भएको छ ।

टिप्पणीहरू