ओलीका निर्णयमाथि सँसदमा अँकुश,सभामुखकोमा पत्र दर्ता

ओलीका निर्णयमाथि सँसदमा अँकुश,सभामुखकोमा पत्र दर्ता

नेकपा (बहुमत)ले प्रधानमन्त्री केपी ओलीले संसदीय दलको नेताका रुपमा गरेका कुनै पनि कामकारवाहीलाई मान्यता नदिन सभामुखलगायत संसद सचिवालयसमक्ष अनुरोध गरेको छ ।

आज अपरान्ह पत्र लेखेर नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पहिले नै कारवाही गरिसकिएकोले पार्टीको नाममा उहाँका कुनै पनि गतिविधि मान्य नहुने जानकारी गराएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएकाले उहाँले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरिएको छ ।

संघीय सँसदका महासचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा दलका उपनेता सुवास नेम्वाङलाई ६ महिनाका लागि निलम्बन गरिएको पनि उल्लेख छ। पत्रमा संसदीय दलको नेताका रुपमा ओली र उपनेताका रुपमा नेम्वाङले गर्ने कामकारवाही मान्य नहुने बताइएको छ ।

पत्र बुझाउन नेकपाका नेताहरु दिनानाथ शर्मा,देव गुरुङ्ग,पम्फा भुसाल, सुरेन्द्र पाण्डे,जीवनराम श्रेष्ठ संसद सचिवालय पुग्नुभएको थियो । संसद सचिवालयका महासचिव भरत गौतमले पत्र बुझ्न आनाकानी गरेको र पत्र दर्ता गर्न नेताहरुले आग्रह गरेपछि अन्तिममा पत्र दर्ता भएको एक नेताले जानकारी दिनुभयो ।

टिप्पणीहरू